खुमबहादुर देउवा र प्रचण्डलाई चुनौति दिँदै गठबन्धनको बिपक्षमा
##

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का कांग्रेस–माओवादी गठबन्धनको विपक्षमा उभिएका छन् । अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै बाह्य शक्तिको आडमा निर्माण भएको गठबन्धनले देशलाई निकास दिन नसक्ने बताएका छन् ।

‘यो नेपाली कांग्रेसका आम कार्यकर्तालाई मन परेको गठबन्धन होइन’ राजधानीमा आयोजित एक कार्यक्रममा खड्काले भने ‘पार्टीका शिर्ष नेताहरुले माओवादीसँग गठबन्धन गरेर ठुलो भुल गरेका छन्, यसको पश्चाताप केही महिनापछि हुनेछ ।’ खड्काले माओवादीलाई विश्वास नगर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह समेत गरेका छन् ।

‘मैले सभापतिलाई भेटेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास नगर्न आग्रह गरेको थिएँ’ उनले भने ‘मेरो कुरा नमानेर उहाँले गल्ति गर्नु भयो । उनले माओवादीको चरित्र नै विश्वास योग्य नभएको बताए । ‘एमालेसँग मिलेर सभामुख र उपराष्ट्रपति हत्याए, अहिले कांग्रेससँग मिलेर प्रचण्ड प्रधानमन्त्री हत्याउँदैछन्’ खड्काले भने ‘यो महाभुल पार्टी सभापति गर्दै हुनुहुन्छ ।

’ खड्काले अब छिट्टै हिन्दुराष्ट्रका लागि अभियान थाल्ने जानकारी पनि दिए । शंकरदेव क्याम्पसका स्ववीयू सभापति शुभराम बस्नेतले आयोजना गरेको कार्यक्रममा खड्काले छिटै हिन्दुबादीहरुको महासभा गर्ने बताए । ‘शेरबहादुरजी र प्रचण्डजी हिन्दुराष्ट्रका पक्षमा हुनुहुन्न’ खड्काले भने ‘अब सरकारको नेतृत्व उहाँहरुले गर्दै हुनुहुन्छ, हिन्दुराष्ट्र नेपाल बनाउन बाध्य पार्छौ ।’

###

0 comments

Write Down Your Responses

Powered by Blogger.