एमालेमा पार्टी छैन गुट छः नेपाल
##

नेकपा एमालेका नेता माधवकुमार नेपालले रानजीतिक पार्टीभित्र पार्टी नभई गुट मात्र भएको बताएका छन् ।
माओवादीले र कांग्रेसले संसदमा पेश गरेको अविश्वासको प्रस्तावमाथि बोल्ने क्रममा उनले सरकारले गरेको राम्रो कामको चर्चा नभएको बताएका छन् ।

‘यो देशको लागि सहमतिको खाँचा रहेको छ । राष्ट्रिय सुरक्षा नीति र पराराष्ट्र नीति राजनीतिक दलहरुले गर्न सकेको छैनौ, उनले भने । पुरानो कुरालाई विर्सिएर नयाँ शिराबाट खोज्नु पर्ने आवश्यकता रहेको बताउदै नेपालले राष्ट्रिय सहमतिको खाँचो रहेको बताए । ‘हामी कहाँ चुक्यो, हामीले कहाँ गल्ती गर्यौ’ उनले भने,‘सम्बन्ध विश्वासको गजमा उभिएको हुन्छ ।’

जाल झेल तिकडम बन्द गरौं, मुलुकलाई कसरी लैजान सकिन्छ, उनले भने,‘मलाई प्रतिपक्षले ढालेको होइन, आफैद्धारा ढालिए ।’

###

0 comments

Write Down Your Responses

Powered by Blogger.