वामदेव गौतमको प्रश्न प्रचण्ड लाइ अविश्वास प्रस्ताव माओवादीका ८ जना मन्त्रीविरुद्ध हो कि होइन ?
##

काठमाडौं ८ साउन | नेकपा एमालेका नेता वामदेम गौतमले माओवादीले हतारमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन्। प्रस्तावमाथि संसदमा जारी छलफलमा सहभागी हुँदै गौतमले अलि पर्खेको भए माओवादीसँगको सहमति पनि लागु हुने अवस्था आउने बताए।

गौतमले भने,
आज म ज्यादै दुःखका साथ यहा उपस्थित भएको छु। साच्चिकै मैले अविश्वासको प्रस्ताव आउन नदिनका लागि धेरै प्रयत्न गरे। आज अविश्वास आइछाड्यो। र त्यस प्रस्तावको विरुद्ध आफ्ना विचार राख्न उपस्थित भएको छु। मलाई असाध्यै अफ्ठ्यारो लागिरहेको छ। यो प्रस्ताव मेरो पार्टी अध्यक्ष प्रम ओलीविरुद्धमा छ। यसको प्रस्तावको पहिलो हस्ताक्षरकर्ता नायक मेरो घनिष्ट मित्र प्रचण्डको छ। उहाँसँग जहिलेदेखि मित्रता कायम गरे त्यहिँदेखि मैले चिडाउन चाहिन।

उहाँको पार्टीमा हुने अनेकौं मोडमा मित्रको नाताले मलाई खोज्दा अनेकौं सल्लाह दिएको थिए। मैले एमाले नेता भनी सोचिनँ। मेरो मित्रलाई मेरो ब्रह्म र विवेकले सल्लाह दिएको छु।

गएको वैशाख २२ गते माओवादीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि वक्तव्य आयो र नेपालका राजनीतिक दललाई समर्थन गर्न गरिएको अपिल पढेपछि प्रचण्डसँग विचार विमर्श गर्ने विचार गरें।

उहाँले नै बोलाएपछि म गएर अत्यन्त आत्मीयताका साथ छलफल भयो। उहाँले तपाईँको पार्टीले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने प्रस्तावमा समर्थन गर्न भन्दा मैले हुँदैन भने।

किनकि वैशाख २६ राष्ट्रपतिको सम्बोधन र जेठ १५ गते बजेट पेश गर्ने अवस्थामा उहाँको प्रस्ताव सरकार परिवर्तन गर्ने कुरा हो। सरकारले नीति कार्यक्रम र जेठ १५ मा बजेट पेश नगर्ने प्रस्ताव मेरो पार्टीमा कसरी जाने भनें। हामीबीचमा लप्पनछप्पन कुरा हुँदैन। उहाँले पनि भन्नुभयो यो सरकार तपाईले नै बनाएको हो आज तपाईँले संसद नीति तथा कार्यक्रम र बजेट पेश गर्न नदिई बदल्न चाहनुहुन्छ भन्दा उहाले हुँदैन भने।

मैले उहाँको अहित हुने गरी न त दाउ पेच गरेको छु न छलछाम गरेको छु। उहाँले भन्नुभयो हामी सदाकालका लागि मित्र बन्न सक्छौं कि सक्दैनांै भन्दा मैले सकिन्छ भनेपछि तपाईँको पार्टीले पनि मलाई उपयोग नगर्ने मलाई पनि उपयोग नगर्ने भनी माले फुटेको बेला प्रचण्डसँग भनेको थियौं।

त्यहाँदेखि हामी दुईले कहिल्यै उपयोग गर्ने गरी काम भएको छैन। मैले मालेबाट त्यतिबेला हप्ताको दुई पटक कुरा हुने गथ्र्यो।

तर आजसम्म उहाँसँग भएको सहमति पालना गरेको छु। आजसम्म पनि उहाँले सहमति तोडेको आरोप लगाउन सक्नु हुँदैन।

आज यहाँ उभिएर भन्नुपर्छ जुन सरकारका लागि समिकरणका लागि प्रयत्न गरे उसले यहाँ सबै कुरा भन्नु जरुरी छैन। हामीले एउटा युग निर्माण गर्नुछ। यसैमा सबे कुरा सकिएको छैन।

महाभारतमा परशुरामले कही कतै युवती लिएर जाँदा भिष्मले नमस्कार गरे र लडाइँ लडेर परशुरामलाई पराजित गरे। आज म मेरो मित्रलाई सलाम गर्दै भन्न चाहन्छु। केपी ओलीलाई सहमत गराई प्रधानमन्त्री बनाउने कुरामा म लागिरहेको थिए। ढिलो वा चाँडो यो सहमति लागू हुने थियो।

वैशाख २३ गते भनेको थिएँ, तपाईँलाई शान्ति प्रक्रियामा ल्याउने पहिलो भूमिका मैले सिलगढीमा गएर भेटेर गरेको थिएँ। तपाईँले त्यतिबेला सरकार सेनाले पनि हामीलाई र हामीले पनि सरकारलाई पराजित गर्न सक्दैन भने पछि अब वर्ग संर्घषका लागि वार्तामा गएर अघि बढ्न सुझाव दिएको थिएँ।

त्यतिबेला मैले दिएको सुझाव अनुसार जतिसुकै नमिठो लागे पनि सरकारसँग वार्ता गनुृ पर्छ भनेपछि माओावदी नेता वार्तामा आएका थिए र अगाडि बढे।

आज शान्ति वार्तामा मेरो सानो प्रयत्न यति ठूलो घटना बनेको छ भने मेरो औकातले भ्याएसम्म मैले राजासँग कुरा गरें। नेताहरुसँग कुरा गरें। रोल्पादेखि दिल्लीसम्म मैले १२ बँुदे सहमतिसम्म खेलेको भूमिका भोलि कसैले लेख्ला।

आज पनि म चिन्तित छु। तीन सय एमाले कार्यकर्ता माओवादीबाट मारिएका थिए। कांग्रेसका चार हजार मारिएका थिए।

त्यतिबेला माओवादीका कार्यकर्ता युद्धमा जाँदा मारिएका थिए तर हामी युद्धमा नजाँदा पनि मारिएकोमा हामीले जवाफ दिनुपर्छ।

शान्ति प्रक्रियामा आइसकेपछि पनि माओवादीले फलानो पार्टी शत्रुभन्दा युद्धकालीन भाषा प्रयोग गर्न हुँदैन भनेको थिए।

भूकम्प आइसकेपछि हामीले संविधान निर्माणको समयसम्म तीन नेतासँग पहलका लागि कुरा गरें। त्यतिबेला सुशील र एमाले अध्यक्षले पहल नगरेपछि प्रचण्डलाई गरेको आग्रहमा उनले सहमतिका लागि प्रयत्न गरी सहमति कायम गरी संविधान बनाउने कुरामा सफल भयौं।

पछि केपी ओलीलाई प्रम बनाउने विषयमा छलफल गरें। आज यी सबै कुरा किन भनिरहेको छु भने आज दुई खतरा देखें। एउटा मृत्युको मुखबाट धेरै माओवादी कार्यकर्ता बचाउन मैले भूमिका खेलेको छु। मैले यो प्रचण्डसँगको दोस्तीका कारण गरेको हो।

अब देशलाई उहाँले ठाउँमा पु¥याउन सक्नुहुन्छ? यो अविश्वास हेर्दा देखिनँ। ओलीलाई पदमुक्त गराउन जे कुरा भन्नुपथ्र्यो त्यो आउनुपथ्र्यो। कांग्रेसले यो भनेको भए सामान्य हुने थियो। तर सरकारकै प्रमुख घटकले यो अविश्वासको प्रस्ताव कसको विरुद्धमा? सरकारको विरुद्धमा हो भने गृह, कृषि, आपूर्ति मन्त्रीको विरुद्धमा हो कि होइन? हामीले लिएका आठ मन्त्रालय बाहेकको मात्रै सरकार हो भन्ने हो?

भोलि सरकार बनाउने कुराको सन्दर्भमा अविश्वास पारित हुने कुरामा म र मेरो पार्टीलाइ आशंका छैन। र नया सरकार बनाउने कुरा पनि सुनिश्चित भइसक्यो। सरकार बनाउने कुरामा शंका छैन तर त्यसले भोलिको समस्या समाधान गर्न सक्छ?

###

0 comments

Write Down Your Responses

Powered by Blogger.