सांसद खतिवडाको प्रश्न: लिपुलेकका बारेमा नबोल्ने प्रधानमन्त्री कसरी राष्ट्रवादी ?
##

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले भारत र चीनसँग लिपुलेकको विषय उठाउन नसक्ने प्रधानमन्त्रीलाई राष्ट्रवादी भन्न नसकिने बताएका छन् । अविश्वासको प्रस्तावका पक्षमा संसदमा बोल्दै सांसद खतिवडाले भाषण मात्रै गरेर राष्ट्रवादी बन्न नभइने बताए ।

प्रधानमन्त्रीलाई संकेत गर्दै सांसद खतिवडाले भने, ‘तपाइ भारत भ्रमणमा जानुभो, चीन भ्रमणमा जानुभो, चीनमा जाँदा रेलको कुरा, भारतमा जाँदा तेलको कुरा, लिपुलेकको बारेमा एक वचन बोल्न नसक्ने प्रधानमन्त्रीले राष्ट्रियताको कुरा गर्न सुहाउँछ कि सुहाउँदैन ? यसैगरी राष्टियताको कुरा बाहिर जाँदा बोल्न नसक्ने, यहाँ आएर हामीलाई पाखुरा सुर्केर बोल्न सुहाउने कुरा थियो ?’

आफूहरुले अविश्वासको प्रस्ताव दर्ता नगराएको भन्दै खतिवडाले भने, ‘हामीले प्रचण्डलाई अविश्वासको प्रस्ताव दर्ता गराउनुस् भनेर तानेर ल्याएको होइन, उहाँहरुले अब सकिँदैन भनेपछि हामीले साथ दिएका हौं ।

###

0 comments

Write Down Your Responses

Powered by Blogger.